समाचार

सिंहदरबारमा गोली चल्यो

काठमाडौँ । सिंहदरबारस्थित संघीय संसद सचिवालयभित्र गोली चलेको छ ।

राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी नीजि अंगरक्षक अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

गोली चलेको भएपनि कसैलाई केही नभएको जनाइएको छ । भारतीलाई नेपाल प्रहरीको सुरक्षा महाशाखामा फिर्ता गरेको संसद सचिवालय स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *