काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पारिवारिक नाता सबैको हुने भन्दै आफु कांग्रेसमा लामो समय काम गरेको बताएका छन्।
राष्ट्रपतिबाट सपथ लिएपछि मन्त्रालयको पदभार ग्रह गर्दै उनले आफु कांग्रेससँग आबद्ध भएर धेरै काम गरेको बताए । पारिवारिक नाता सबैको हुने भन्दै उनले कांग्रेससँग आबद्ध भएर धेरै काम गरेको बताएका हुन् ।
नेपाली कांग्रेसको बाँकेका पूर्व जिल्ला सभापति रहेका हमालको प्रधानन्यायाधीशको सम्बन्धका बारेमा अफवाह फैलाइएका बेला मन्त्री हमालले आफु कांग्रेसमा लामो समय काम गरेको स्पिष्टकरण दिएका हुन् ।




