समाचार

मनाङका बाढीपीडित तीन महिनादेखि घरबारविहीन

लमजुङ । असार १ को बाढीले विस्थापित मनाङका बाढीपीडित पुनर्वासको पर्खाइमा छन् । तीन महिनादेखि घरबारविहीन बनेका बाढीपिडित सुरक्षति ठाउँको पुनर्वासको पर्खाइमा बसेका हुन् ।

नासों गाउँपालिका-१ तालगाउँका ६० घर विस्थापित भएपछि अहिले तालगाउँमा मर्स्याङदी बगेको छ । मर्स्याङदीको बाढीले तालगाउँ अहिले बगरमा परीणत भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए ।

मर्स्याङदीमा आएको बाढीले घर बगाएपछि तालगाउँमा बाढीपीडित अहिले आमा समूहको भवन र आफन्तकहाँ शरण लिएर बस्दै आएका छन् । तालगाउँकी लक्ष्मी गुरुङ अहिले ताल गाउँमै आमा समूहको भवनमा बस्दै आएकी छन् । उनी भन्छीन्, ‘सरकारले बस्ने घर बनाइदिए, भवन छाडेर जान्थ्याैँ । बाढीले लक्ष्मीको घरखेत बगरमा परीणत भएको छ ।

बाढीले बस्ने घर नै बगाएपछि समस्या भएकाे बाढीपीडित गंगामाया गुरुङले बताइन् ।बाढीपीडितको पुनर्थापनाका लागि संघ र प्रदेश सरकारमा पहल भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *