समाचार

१४औं महाधिवेशन : पहिलो जिल्ला सभापति रोमी गौचन थकाली

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पार्टीले पहिलो जिल्ला सभापतिको रूपमा रोमी गौचन थकालीलाई पाएको छ ।

१४औं महाधिवेशनमा पहिलो जिल्ला सभापति हुने कीर्तिमान थकालीको नाममा लेखिएको छ ।

मुस्ताङ कांग्रेसको जिल्ला सभापतिमा थकाली सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् । शनिवार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चुनेको छ ।

थकाली सर्वसम्मत निर्वाचित भएपछि जिल्लाभर खुसीयाली छाएको छ । थकालीको विपक्षमा कसैले पनि उम्मेदवारी दिएनन् ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले मुस्ताङको जिल्ला अधिवेशनबाट पूर्व मन्त्री गौचन सर्वसम्मत सभापति चुनिएका जानकारी दिए । उनले भने, ‘१४औं महाधिवेशन अन्तर्गत उहाँ नै पहिलो जिल्ला सभापति बन्नुभयो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *