काठमाडौं । नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका अधिकारी अनुराग श्रीवास्तव आज काठमाडौंमा आइपुगेका छन् ।
न्यूयोर्कमा नेपाली परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको दुई दिनपछि श्रीवास्तव काठमाडौं उत्रिएका हुन् ।
भारतीय विदेश मन्त्रालयका पूर्वप्रवक्ता समेत रहेका उनले नेपाल र भुटान मामिला हेर्छन् । स्रोतका अनुसार नेपाल र भारतका संयुक्त परियोजनाहरुको अध्ययन र अनुगमन समितिको बैठकमा भाग लिन उनी काठमाडौं आइपुगेका हुन् ।
काठमाडौंमा रहँदा उनले अर्थ सचिव मधु मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने कार्यक्रम छ ।




