काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरका बिचमा भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका खड्काले जयशंकरसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा दुई देशको विषेश सम्बन्धलाई अघि बढाउन दुई देश मिलेर अघि सहमत भएको भारतीय विदेशमन्त्री जयशंकरले बताएका छन् ।
भेटबारेको जानकारी ट्विटरमा राख्दै उनले भनेका छन्,‘हामो दुई देशका बिचको विषेश सम्बन्धलाई अघि बढाउन दुई देश मिलेर काम गर्न आवश्यक रहेकोमा सहमत भयौं ।’
Pleased to welcome my new Nepali colleague, Dr. Narayan Khadka.
— Dr. S. Jaishankar (@DrSJaishankar) September 26, 2021
Agreed that we should work together closely to take our special relationship forward. pic.twitter.com/NA5D3PYBjC




