काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा नेपालस्थित अमेरिकी राजदुत समेत सहभागी थिए । नेपालका तर्फबाट भने कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मुख्यसचिव शंकरदास वैरागी उपस्थित थिए ।
भेटवार्ताका क्रममा एमसीसी सहयोगका बारेमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।




