काठमाडौँ । नेपालमा थप ११४६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ९६१ र एन्टीजेन परिक्षणबाट १८५ गरि कुल ११४६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा १६६० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २५२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८५४९ पिसिआर र २३६७ नमुना एन्टीजेन परिक्षण गरि कुल १० हजार ९१६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ९५८ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ६६२ जना रहेका छन् भने होम आइसोलेसनमा २६ हजार २९६ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ४५८ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३५४ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी २५७ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ४१ र ललितपुरमा ५६ संक्रमित थपिएका छन् ।
त्यस्तै उपत्यकामा अहिले ६ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ३ हजार ४२९, भक्तपुर जिल्लामा ११९१ र ललितपुर जिल्लामा १९३४ सक्रिय संक्रमित रहेका छन् ।






