देश

आज पनि प्रतिनिधिसभा बैठक, तर छैन संसदको बिजनेस

काठमाडौं । प्रतिनिधिसभाको आठौं अधिवेशनको छैटौं बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूची छन् ।

पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६–७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने छ । दोस्रो कार्यसूचीमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुला २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने छ ।

यसबाहेक प्रतिनिधिसभामा कुनै बिजनेस छैन। अघिल्लो केपी ओली सरकारले पनि प्रतिनिधिसभालाई बिजनेस दिएको थिएन । अहिले पनि मन्त्रीमण्डल अपूर्ण हुँदा पनि संसद्ले बिजनेस नपाएको हो । मन्त्रिपरिषद्लाई पूर्णता दिएर सदनलाई नियमित रुपमा सुचारु गर्नुपर्ने आवाज उठेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *