काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।
निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।






