समाचार

वीर अस्पतालको बेड थपेर ९ सय ६६ पुर्‍याइयो, दरबन्दी सगै बिभाग पनि थपिए

काठमाडौ । सरकारले वीर अस्पतालको बेड (शय्या) संख्या थप गर्ने निर्णय गरेको छ। ४६० शय्या रहेको वीरमा सरकारले ५०६ शय्या थप गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै वीर अस्पताल अब ९ सय ६६ शय्याको हुने भएको छ।

शय्या थप गरेसँगै सरकारले वीर अस्पतालमा ८३१ जनाको पुल दरबन्दी समेत थप गरेको छ। वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रहेका कारण तत्काललाई पुल दरबन्दी थप गरिएको हो। प्रतिष्ठानको आफ्नै ऐन छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार वीर अस्पतालमा १२ औं तहका कर्मचारी कार्यकारी निर्देशक रहने गरी पुल दरबन्दी थपिएको हो। असार २१ गते बसेको बैठकले दरबन्दी र शय्या थप गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको निर्णय अनुसार अब वीर अस्पतालमा पुल दरबन्दीमा थपिएका ८३१ जनासहित १ हजार ५१८ जनाको दरबन्दी भएको छ।

यसका साथै वीरमा पहिला १९ वटा विभाग थिए भने त्यसलाई बढाएर २९ र ७ वटा इकाईलाई बढाएर ९ पुर्‍याइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *