समाचार

भारतमा कोरोना सङ्क्रमितहरु र निको हुने सङख्या उही अनुपातमा, २४ घण्टामा ९ सय ११ जनाको मृत्यु

काठमाडौ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा र निको हुने सङख्या उही अनुपातमा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४३ हजार ३ सय ९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यस्तै पछिल्लो १ दिनमा निको हुने पनि संक्रमितको हाराहारी मानै देखिएका अर्थात पछिल्लो पटक ४४ हजार ४ सय ५९ जना निको भएर घर फर्किएका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको कुल सङ्ख्या भने चार लाख ५८ हजार ७ सय २७ रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये १। ४९ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ सय ११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण कुल मृतकको सङ्ख्या चार लाख पाँच हजार ९ सय ३९ पुगेको छ ।

कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा दुई करोड ९८ लाख ४३ हजार ८२५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये ४४ हजार २९१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३६ करोड ८९ लाख भन्दा बढी भारतीयले कोरोना खोप लगाइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *