काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।
कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका तर्फबाट समितिको औपचारिक धारणा सार्वजनिक गर्न समिति सदस्य पौडेललाई आइतबार समितिको प्रवक्ता तोकिएको हो ।
कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा नेता रमेश लेखक छन् । क्रियाशील सदस्यताबारे मिडियामा फरक फरक धारणा आउन थालेपछि पौडेललाई औपचारिक धारणा बाहिर ल्याउन प्रवक्ता तोकिएको हो ।




