समाचार

संक्रमित किशोरीलाई जर्बजस्ती गरेको आरोपमा इञ्जिनियर पक्राउ

रोल्पा । रोल्पामा संक्रमित किशोरीलाई जर्बजस्ती करणी गरेको आरोपमा इञ्जिनियर पक्राउ परेका छन् । रुन्टिगढी गाउँपालिकाकी २० वर्षीया कोरोना संक्रमित किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेका इञ्जिनियर शेषमणि पौडेल पक्राउ परेका हुन् ।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए ।

‘सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा संवेदनशील अङ्गमा सुमसुम्याउँदै जबर्जस्ती करणी गर्न खोजेको भन्ने पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्’, प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले करणी प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ । युवती कोरोना सङ्क्रमित रही होम आइसोलेशनमा बस्दै आएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *