समाचार

कोरोना संक्रमणको उपचारपछि आराम गरिरहेका पूर्वराजा शाहदम्पती दिए सबैलाई धन्यवाद

काठमाडौं । कोरोना भाइरस संक्रमणको उपचारपछि लामो समयसम्म नर्भिक अस्पतालमा उपचार गराएर हाल निर्मल निवासमा आराम गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता तथा शुभेच्छा प्रदान गर्ने सबैमा आभार प्रकट गरेका छन् ।

शाह दम्पतीले बिहीबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सबैमा आभार प्रकट गरेका हुन् । उनले कोरोना महामारीमा दिनरात नभनी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, सामाजिक कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेका छन् । अहिले दुवैले स्वास्थ्यलाभ गरिरहेको र अवस्था ठीक रहेको जानकारी दिइएको छ ।

भिडियो सन्देशमा पूर्वराजा शाहले भनेका छन्– नमस्ते हाम्रो स्वास्थ्य बारे चिन्ता र चासोका साथ शुभकामना दिने देश भित्र र बाहिर रहेका सबै नेपालीहरूप्रति आभार व्यक्त गर्दछौं । यस महामारीमा दिनरात अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, सामाजिक कार्यकर्तामा धन्यवाद दिन्छौं । हामी दुवै पूर्ण स्वास्थ्यलाभको अवस्थामा छौं । तर, देशभित्र र बाहिर रहेको महमारीप्रति चिन्तित छौं । महामारीको जारी छ । यसलाई नियन्त्रणका लागि हाम्रो संकल्प आवश्यक पर्छ । बाहिरी सहयोगको आवश्यक पर्छ । प्राप्त वैदेशिक सहायताका लागि धन्यवाद । सुरक्षित, सावधान र स्वस्थ रहन सबैमा हार्दिक आग्रह गर्छौं । संक्रमित भएर अस्पतालमा उपचारमा रहेका सबैप्रति स्वास्थ्यलाभको कामना । ज्यान गुमाउनेप्रति हार्दिक समवेदना ।

https://www.facebook.com/744382558/videos/10159102070977559/

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *