देश

कोरोनाले अर्का नेपाली चिकित्सकको लियो ज्यान

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरमा आधा दर्जन चिकित्सकले ज्यान गुमाएका छन् । पछिल्लो पटक रुपन्देहीमा कोरोनाभाइरसको संक्रमणबाट ३५ बर्षिय डा. पशुपति रजौरियाको निधन भएको छ ।

उनको बुधबार राति काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत रहेका उनलाई कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमितको उपचारमै खटिएका डा. रजौरियाको बुधबार राति मृत्यु भएको हो । श्रीमतीसँगै कोरोना संक्रमित भएका रजौरिया भने भाइरसलाई पराजित गर्न सफल भएनन् । उनकी श्रीमती भने निको भएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *