समाचार

काठमाडौको किष्ट मेडिकल कलेजमा निःशुल्क कोभिड ओपीडी सेवा सुरू

काठमाडौ । ललितपुरको किष्ट मेडिकल कलेजको शिक्षण अस्पतालले कोरोना संक्रमित बिरामीका लागि निःशुल्क कोभिड ओपीडी सेवा सुरू गरेको छ।

कोभिड ओपीडीमा बिरामीहरूका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियो थेरापीजस्ता सेवाहरू निःशुल्क उपलब्ध गराइने अस्पतालले जानकारी दिएको छ। साथै, कोभिड बिरामीहरूका लागि अन्य सेवाको परामर्श चाहिएमा आवश्यकता अनुसार निःशुल्क रूपमा उपलब्ध गराउने जानकारी अस्पतालले दिएको छ।

सामान्य आर्थिक अवस्था तथा होम आइसोलेसनमा बसेका बिरामीहरुका लागि सहजरूपमा आएर जँचाउने व्यवस्था गरिरहेको अस्पतालको भनाइ छ। विशेषज्ञ चिकित्सकहरूको टोली रहने ओपीडी सेवाबाट बढीभन्दा बढी कोभिड पोजिटिभ तथा कोभिडपछिको उपचारसहितको परामर्श प्रदान गरिने अस्पतालले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *