काठमाडौं । संसदमा जनता समाजवादी पार्टीका दुई नेताको मत बाझिएको छ । जसपाका नेता महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्षमा नउभिने बताएका छन ।
महन्तले तटस्थ बस्ने बतइरहदा अर्का नेता उपेन्द्र यादवले भने विश्वासको मतको विपक्षमा उभिने स्पष्ट पारेका हुन ।
महन्थ ठकुर र उपेन्द्र यादव दुवैले सरकारले सरकारका कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । सरकाप्रति उपेन्द्र कडा रुपमा प्रस्तुत भए भने महन्थ नरम रुपमा प्रस्तुत भएका थिए ।
जनमोर्चाले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारेको छ ।




