देश

कांग्रेस नेता दिलबहादुर घर्तीलाई पत्नी शोक

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई पत्नी शोक परेको छ । घर्तीकी धर्मपत्नी मुक्ता उपाध्यायको आइतबार निधन भएको हो ।

उपाध्याय लोकतान्त्रिक आन्दोलनकी अथक योद्धा थिइन् । कोइराला परिवारकी मुक्ताले लमजुङका घर्तीसँग बिहे गरेकी थिइन् ।
मुक्ताको निधनले लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले जनाएका छन् ।

‘लोकतान्त्रिक आन्दोलनकी अथक योद्धा आदरणीय दिदी मुक्ता उपाध्यायज्युको दुःखद् निधनले अत्यन्त मर्माहत र स्तब्ध भएको छु।लोकतान्त्रिक आन्दोलनको गौरवशाली इतिहास बोकेको परिवारमा जन्मिएकी दिदी मुक्ताको लोकतान्त्रिक आन्दोलनकै निष्ठावान योद्धा घर्तीसँगको वैवाहिक सम्बन्धले पूरा जीवनलाई संघर्षकै मैदानमा परिणत गरिदिएको गौरवलाई स्मरण गर्दै दिवंगत दिदीको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली तथा नेता घर्ती लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *