काठमाडाै । अध्यागमन विभागले नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा १३६ जनालाई विमानस्थलबाट फर्काएको छ।
बुधबार विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काइएको अध्यागमन विभागका बताएको छ ।
यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको ढकालले बताए।
सूरिया हेल्थ केयरमा बनाइएको पिसिआर रिपोर्ट देखिएपछि नक्कली भएको आशंकामा फर्काइएको बताइएको छ ।
‘
सूरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सूरियामा छापा मारिएको थियो।




