काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नहकुल सुबेदी र डा. कुमार चुडाललाई सर्वोच्च अदालतको न्यायाधिशमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति कार्यालयले सोमबार संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा सुबेदी र चुडाललाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेको जानकारी दिएको छ ।
सर्वोच्चको न्यायाधिशमा नियुक्त भएका सुबेदी उच्च अदालत पाटनको मुख्य न्यायाधिश छन् भने चुडाल उच्च अदालत सुर्खेतको मुख्य न्यायाधिश रहेका छन् ।





