काठमाडौं । आज पनि देशका विभिन्न भू–भागमा हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू–भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन,चट्टयाङ्ग,हावाहुरी रअसिनासहित क्षणिक वर्षाको सम्भावना छ ।
दिउँसो १२ बजेपछि काठमाडौंसहित देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन,चट्टयाङ्ग,हावाहुरी रअसिनासहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा पुर्वाअनुमान महाशाखाले जनाएको छ । हावाहुरी र चट्याङ समेत पर्ने भएकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।
मध्यान्ह अगाडि भने मौसम सामान्य रहने छ ।
स्थानीय वायु सक्रिय हुने भएकाले हावा–हुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।




