समाचार

भारतको धार्मिक कार्यक्रमबाट फर्किएका पत्रकार मिश्रको कोभिडबाट मृत्यु

   
    झापा । कोरोना सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।    
    
विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनलाई  स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।    
    
उपचारकै क्रममा उनके  गए राति मृत्यु भएको हो । उहाँ विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *