समाचार

प्रतिनिधिसभामा उठ्यो प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने धारणा

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनुपर्ने विषयले प्रवेश पाएको छ । सर्वोच्च अदालतले सुनाएको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएको ३० दिन आज नै पुगेकाले प्रधानमन्त्रीले आफूसँग बहुमत छ भनेर देखाउन पनि विश्वासको मत लिनुपर्ने आवाज उठेको हो ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले आजै विश्वासको मत लिनुपर्ने बताए । सांसद कँडेलले संविधानमा लेखिएका विषय र धारा उल्लेख गर्दै ओलीले आफूसँग बहुमत भए र दलको विश्वास भएको देखाउन विश्वासको मत लिन आग्रह गरेका हुन् ।

ओली प्रधानमन्त्री हुँदा २०७४ फागुन ३ गते राजपा, माओवादी केन्द्र र एमालेको समर्थन थियो । डेढ वर्षअघि नै तत्कालीन राजपाले ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो । अहिले राजपा जसपा बनेको छ । माओवादी केन्द्र र एमालेको एकता पनि टुटेको छ । त्यसैले ओलीलाई विश्वासको मत लिन दबाब बढेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *