काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायम रहेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
मन्त्रालयले छिमेकी देशहरुमा कोरोना संक्रमण बढ्दोक्रममा देखिएकाले नेपालमा समेत संक्रमण दर बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यका मपदण्ड पालना गर्न आग्रह गरेको हो । मन्त्रालयले देशभर सभा,जुलुस, र्याली, भेला, गोष्ठि, सेमिनार, बैठक र भीडभाड हुने कार्यहरु नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्र गौतमद्वारा जारी विज्ञप्तीमा भनिएको छ सामाजिकर/भौतिक दूरी, माक्सको अनिवार्य र उचित प्रयोग, साबुनपानीले राम्ररी हात धुने र सेनिटाइजर लगायत मन्त्रालयमा विगतमा जारी गरिएका अन्य स्वास्थ्यका मपदण्डको पालना गर्न अनुरोध गरिएको छ ।





