समाचार

ठेकेदार भेटवाल पक्राउ, १० जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । भेटवाललाई पक्राउ गरेर बैंकिङ कसूरमा विशेष अदालतमा पेश गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

आयोगले ठेकेदार भेटवालसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध बैंकिङ कसुरमा मंगलबार मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । भेटवाललाई प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालीन एपेक्स बैंकले यसअघि नै कालोसूचीमा राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *