समाचार

चार पूर्वप्रधानन्यायाधीश जवाफसहित पुगे सर्वोच्च

काठमाडौं । अदालतको मानहानिमा पुर्जी काटिएका चारजना पूर्व प्रधानन्यायाधीश लिखित जवाफसहित सर्वोच्च अदालत पुगेका छन् ।

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार लिखित जवाफ दिएका हुन् । सर्वोच्चले उनीहरुलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि चार पूर्वप्रधानन्यायाधीशले पुस २४ गते वक्तव्य जारी गरेका थिए । जसमा सर्वोच्चको आलोचना गरिएपछि उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए ।

विज्ञप्तिमा उनीहरूले भनेका थिए, ‘स्पष्ट रूपमा संविधानले अधिकार दिएकामा बाहेक प्रतिनिधिसभा विघटन गर्ने अधिकार आफूमा अन्तर्निहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने देखिँदैन ।’

https://drive.google.com/file/d/16dFzpEOz9kqU9lInTCf4xJKAEYjBnFQu/view

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *