काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली र नेकपा अध्यक्ष माधवकुमार नेपालबीच अहिले नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भेटवार्ता भइरहेको छ ।
सो टोलीले बिहान नौ बजेदेखि साढे दश (डेढ घण्टा) बजेसम्म पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवासमा भेटेको थियो । प्रचण्डसँगको भेटपछि चिनियाँ टोलीले नेपाललाई भेटेको हो ।
प्रचण्डसँगको भेटमा चिनियाँ टोलीले नेकपालाई विभाजन हुनबाट रोक्न र मिलेर जान दबाब दिएको थियो । नेकपा फुट्दा भारत र अमेरिकाले चीनविरुद्ध गतिविधि गर्न सक्ने भन्दै संवादमार्फत विवाद टुंगो लगाउन सुझाव दिइएको बताइन्छ ।
यसअघि सो टोलीले आइतबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।




