समाचार

शुक्रबारदेखि काठमाडौँ उपत्यकामा सवारीको जोर–बिजोर प्रणाली हट्ने

काठमाडौं । भोलि पुस २ गते शुक्रबारदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हट्ने भएको छ । कोरोना माहामारीका कारण सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीका कारण उपत्यकामा झनै भीड बढेको भन्दै शक्रबारदेखि जोर–बिजोर प्रणाली हटाइएको हो ।

बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौँमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।

जोर–बिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *