काठमाडाैं।नेपाली काँग्रेसले पार्टीका अग्रज नेता क्याप्टेन लालबहादुर खत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै जेठ २० गते निधन भएका रुपन्देहीका अग्रज नेता ८५ वर्षीय खत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन ।
काँग्रेस रुपन्देही पडसरी गाउँ कार्यसमितिका पूर्वसभापति एवं विसं २०४९ को स्थानीय तहको निर्वाचनमा पडसरी गाउँविकास समितिको उपाध्यक्ष खत्रीको निधनले लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको काँग्रेसले जनाएको छ । काँग्रेसले भूतपूर्व सैनिक सङ्घ रुपन्देहीका पूर्वसदस्य स्व खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।




