काठमाडाैं । नेपाल तरुण दल रामेछापले कोरोना भाइरसको संक्रमण रोक्नका पीपीई वितरण गरेको छ ।
प्रहरी, पत्रकार र एम्बुलेन्स चालकलाई गरी २० वटा पीपीई प्रदान गरिएको नेपाल तरुण दल रामेछाप जिल्ला सचिब जीवन कार्कीले बताए ।
तरूण दलले स्थानीय बासिन्दामा कोरोना भाइरस संक्रमणबाट बच्ने उपायबारे जनचेतना जगाउने काम पनि गरिरहेकाे कार्कीले बताए ।




