मनोरञ्जन

धुर्मुसको सेन्टि भाइरस गीत निर्माणधिन रंगशालामा सुटिङ

काठमाडौं । सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र सेन्टि भाइरसको प्रमोशनल गीतको छायांकन गरिएको छ । यहि आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा सेन्टि भाइरसको प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले पार्टि जिताइदे बोलको गीतको सोमबार छायांकन गरिएको हो ।

चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा छायांकन गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन बिक्रम राईलाई देख्न सकिनेछ ।

भिडियो चलचित्रका लेखक दीपक आचार्यले निर्देशन गरेका छन् । भिडियोमा राजनितिक पार्टिको प्रचार तथा दुईपार्टि बिचको झैझगडालाई देखाइएको छ । चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

२ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् ।

यो चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *