मनोरञ्जन

बलिउड म्युजिक भिडियो रिस्ता

काठमाडौं । अभिनेत्री रिस्ता बस्नेत बलिउड अभिनयमा डेब्यु गर्ने भएकी छन् । म्युजिक भिडियो मार्फत उनी बलिउड डेब्यु गर्न लागेकी हुन् । चर्चित भारतिय गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वर रहेको एक गीतको म्युजिक भिडियो मार्फत उनी बलिउिड डेब्यु गर्न लागेकी हुन् ।

अभिनेत्री बस्नेताले सामाजिक संजाल मार्फत आफुले बलिउड डेब्यु गर्न लागेका जानकारी दिएकी छन् । सिर्जना सुत्रबाट उक्त काम पाएकी बस्नेतले सामाजिक संजालमा एक स्टाटस उल्लेख गरेकी छन् ।

गीतमा टिकटक स्टार मन्जुल कट्टरसँग सरस्ताको रोमान्स रहनेछ । पुनित अवस्थिले संगीत भरेको गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गर्दैछन् । भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन तथा बिपिन मल्लको सम्पादन रहने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *