मनोरञ्जन

नयाँ वर्षको तीजमा ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं । सुदर्शन थापाको निर्देशन रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति तय भएको छ । बेलायतमा छायांकन गरिएको फिल्म अर्को वर्षको भदौ ५ गतेबाट प्रदर्शनमा आउने निर्देशक थापाले बताए । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा फिल्म प्रदर्शनमा हुन लागेको हो । अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको ‘सम्हालिन्छ कहिले मन’ मा पूजा र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्मबाट नायकको रुपमा गायक समेत रहेका सोनम तोप्देनले डेब्यू गर्दैछन् । सौरभ लामाले खिचेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्ममा परि राना र अजित​ कुमार​ थापा सह(निर्मातामा छन् । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट फिल्मको नाम सापटी लिइएको हो । स्टारकास्टका कारण यो फिल्मको दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *