काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ । केही दिन अगाडि छायांकन पूरा भएको फिल्मको ‘हात्ती ढुंगामा’ गीत सार्वजनिक गरिएको हो । चलन चल्तीका गीतभन्दा पृथक शैलीमा तयार पारिएको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द छ । भने, गायक सागर आले र गायिका मेलिना राईको स्वर छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता प्रदीप खड्का र नव(अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन् । गीतले यी दुईको प्रेम भाव बोल्छ । सयभन्दा बढी कोरस राखेर मनाङमा खिचिएको गीतको भिडियोमा प्रदीप र क्रिस्टिनालाई फरक गेटअपमा देख्न सकिन्छ ।
छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सह(निर्माता रहेको फिल्मका निर्माता सन्तोष सेन हुन् । फिल्ममा प्रदीप र क्रिस्टिना ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन् । शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि फिल्ममा अभिनय छ ।
फिल्म चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
https://youtu.be/UaeScocRNsQ




