मुख्य समाचार

कालिकोट जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फ उद्धार

काठमाडौं । कालिकोटको पलाँता गाउँपालिका– ३ को राडुका भएको जीप दुर्घटनाका घाइतेहरुलाई सुर्खेत ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत विमानस्थल र त्यहाँबाट कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ ।

मुख्यमन्त्री यामलाल कँडेल स्वयम् विमानस्थलमा पुगेका छन् । आइतबार दिउँसो साढे २ बजेतिर भएको दुर्घटनामा १३ जना घाइते भएका छन् । १ ज ५६ नम्बरको बोलेरो गाडी पलाँताका स्थानीयलाई ल्याएर सुर्खेततर्फ आउँदै थियो । दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *