मुख्य समाचार

सिस्नेरीबाट काठमाडौंमा दैनिक १५ करोड लिटर पानी ल्याउने सरकारको योजना

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मकवानपुरको सिस्नेरीस्थित कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौं पठाउने योजना सार्वजनिक गरेका छन् ।

सिस्नेरी खोलाको पानी काठमाडौं ल्याउने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन कार्यान्वयन गर्ने उद्देश्यले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरिक्षण गर्न गएका मन्त्री चौधरीले सुख्खायाममा मेलम्चीको पानी पर्याप्त नहुने भन्दै वैकल्पिक व्यवस्था गर्न खोजेको बताए ।

निरीक्षण कार्यक्रममा कुलेखानीको पानी दिर्घकालिन रुपमा बाँध बाँधेर काठमाडौ लैजाने र अल्पकालिन रुपमा २ वर्षभित्रै लिफ्टिङ दैनिक ६ देखि ७ करोड लिटर लैजान सकिने मन्त्री चौधरीले बताए ।

काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिव १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र बागमति नदी नजिक रहेको प्रस्तावित वाँध स्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिव १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *