काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपानेसहित ६ जनालाई लागेको ठगीको अभियोगमा जिल्ला अदालत भक्तपुरले दाबी नपुग्ने फैसला गरेको छ।
न्यायाधीश उमेश कोइरालाको इजलालशले न्यौपानेसहित अरू सञ्चालकहरू लवराज भट्टराई, उपेन्द्र गौतम, रामरत्न उपाध्याय साथै कलेजका पूर्व लेखा नियन्त्रक रामकुमार श्रेष्ठ र पोखरा विश्वविद्यालयका सहायक प्रशासक चोलाकान्त च्वाईंलाई कलेजका कागजात किर्ते गरी ५२ करोड रूपैयाँ ठगी गरेको अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले ठगी गरेको प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले २०७७ पुसमा ठगी मुद्दा दायर गरेको थियो।




