मुख्य समाचार

वावुराम भट्टराईले भने– सिर्जना सिंहजस्तो उम्मेदवार पाउनु काठमाडौंबासीको भाग्य हो

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर वावुराम भट्टराईले काठमाडौं महानगरपालिकामा सिर्जना सिंहजस्तो सालिन व्यक्तीत्व पाउनु सौभाग्य भएको बताएका छन् ।

गोरखा काठमाडौँ चुनाव प्रचार प्रसार समूहले काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको भन्दै सिंह आफ्नै वलवुतामा नेता बनेको समेत बताए । उनले कुनै परिवारसँग जोडियो भने महिलालाई आरोप लगाउने गरेको बताउँदै सिंह आफ्नै बलवुतामा नेता भएको बताए ।

भट्टराईले सिंहको जीत निश्चित भएको भन्दै भने,‘हामी गठबन्धन मात्रै नभएर गोरखाको चेलीसमेत भएकाले सालिन व्याक्तित्वलाई मेयर जिताउनुको विकल्प छैन ।’

एमाले उम्मेदवार केशव स्थापित डेट एक्सपाएर रहेको भन्दै भट्टराईले स्थापितप्रति मानिसको भ्रम रहेको भएपनि अब भने त्यो भ्रम हटेको समेत बताए ।

त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताए । काठमाडौँमा पहिलोपटक महिला मेयर आउने निश्चत भएको बताउँदै सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मित्थ्या भएको दाबी गरे ।

‘मैले नेपाली कांग्रेसबाट गोरखाबाटै राजनीति शुरु गरेको हो, सोही समयमा सिर्जना श्रेष्ठले कांग्रेसको राजनीति सक्रिय हुनु हुन्थ्यो,’ श्रेष्ठले भने । सिंहको जित संविधान लोकतन्त्रको समेत जित हुने भएकाले पनि जित अनिवार्य सर्त रहेको बताए ।

श्रेष्ठले सिंहको प्रतिस्पर्धी केशव स्थापित अवसरवादीको परकाष्ठा भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *