काठमाडौं । गठबन्धन तोडेर बुटबल उपमहानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता गरेका छन् ।
सत्तारुढ गठबन्धनबीच भागबण्डामा सहमति नहुँदा गठबन्धन तोडेर उम्मेदवारी दिएका जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका उम्मेदवारहरुले फिर्ता लिएका हुन् ।
जसपाले उपमहानगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको थियो भने प्रमुख, उपप्रमुख सहितका पदहरुमा उम्मेदवारी दिएको समाजवादीले पनि केन्द्रमा भएको सहमति पालना गर्दै उम्मेदवारी फिर्ता लिएको छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवार बनेकाहरुले पनि फिर्ता लिएका छन् ।




