मुख्य समाचार

केशव स्थापितको बचाउमा एमाले अध्यक्ष ओली, मीटु भन्दै कुप्रचार गरेको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटू आरोप लागेको काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितको बचाउ गरेका छन् ।

एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौंको मेयरमा अनुभवी र उत्साह कायम रहेका स्थापितलाई अघि सारेको बताए । तर चुनावका बेला अनेक मुद्दा उठाइने भन्दै उनले भने, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ यस्ता बेलामा ।’

एमाले अध्यक्ष ओलीले महिलाहरुको अस्मिताको रक्षा, महिला अधिकार र सुरक्षाको सम्मानमा एमाले जति सजग अरु कोही नभएको दाबी समेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *