काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् ।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार दिने भन्दै निवेदन दर्ता गरेको आयोगले जनाएको छ ।
स्थानीय तहको चुनावका लागि १ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहहरुमा पठाइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आयोगले चैतको पहिलो सातादेखि निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरेको छ ।




