मुख्य समाचार

खुट्टामा समस्या भएपनि पूर्वमन्त्री बस्नेतले गरे जिल्ला पुगेर औषधी वितरण

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा सिटामोल वितरण गरेका छन् ।

देव्रे खुट्टा मर्किएर प्लास्टर गरेका बस्नेतको स्वास्थ्यमा समस्या रहेकै बेला मास्क र सिटामोल वितरण गरेका हुन् । ‘पहिला जनता बचाऔं, राजनीति पछि गरौंला’ भन्ने नाराका साथमा उनले औषधी वितरण गरेका हुन् ।

सिन्धुपाल्चोक कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर एकको क्षेत्रीय कार्यसमितिको बैठकमा नेता बस्नेतले स्थानीय जनतालाई सिटामोल वितरण गरेका बस्नेत केही समयपहिला घरको भर्‍याङबाट ओर्लने क्रममा देब्रे खुट्टा मर्किएपछि उनको प्लास्टर गरिएको हो । चिकित्सकहरूले कम्तिमा एक महिना आराम गर्न सल्लाह दिएका थिए ।

तर नेता बस्नेत भने उपचारको एकसाता नपुग्दै गृहजिल्ला सिन्धुपाल्चोक पुगेका हुन् ।

स्थानीय तहको चुनाव नजिकिएपछि खुट्टामा समस्या भए पनि जिल्ला जानुपर्ने बाध्यता भएको उनको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *