मुख्य समाचार

एमाले अध्यक्ष ओलीविरुद्ध भक्तपुर जिल्ला प्रशासनमा उजुरी दर्ता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उजुरी दर्ता गरेको छ ।

कोरोना संक्रमण फैलाउन नहुने कसूरमा अध्यक्ष ओलीविरूद्ध उजुरी दर्ता भएको हो । आइतबारै उजुरी दर्ताका लागि प्रक्रिया शुरु भएको भएपनि प्रशासनले दर्ता गरेको थिएन ।

अध्यक्ष ओलीले कोरोना संक्रमणमै रहेका बेला गत माघ १२ गते युवा संघले बालकोटमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका थिए । उजुरीमा अध्यक्ष ओलीमाथि संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्न माग गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *