काठमाडौं । संसदको आगामी बैठकमा एमसीसी सम्झौता टेवल हुने भएको छ ।
सत्तारढ गठबन्धनका नेताहरुका बिचमा शनिबार बसेको बैठकले एमसीसी संसदमा टेवल गर्ने सहमति जुटाएको बताइएको छ । तर अहिलेकै अबस्थामा एमसीसी पारित गर्ने विषयमा भने सत्तारुढ दलका नेताहरुका बिचमा एकमत हुन सकेको छैन ।
नेपाली कांग्रेसका नेताहरु एमसीसी पारित हुनुपर्ने पक्षमा देखिएका छन् भने माओवादी केन्दरु र नेकपा एकिकृत समाजवादी भने एमसीसी अहिलेकै अबस्थामा पारित हुन नहुने अबस्थामा छन् ।
एमालेले निरन्तर अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको थिया । तर बैठक सूचना टाँसेर स्थगित गर्दै माघ २६ गतेका लागि बोलाइएको छ ।




