मुख्य समाचार

प्रचण्डको नयाँ प्रस्ताव : आगामी बैशाखमा संघीय र मंसीरमा स्थानीय तहको चुनाव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी बैशाखमा संघीय चुनावको प्रस्ताव अघि सारेका छन् ।

अध्यक्ष प्रचण्डले एमालेले निरन्तर संसद अवरोध गरिरहेको र संसदको गतिरोध समेत हट्ने संकेत नदेखिएकाले संघीय चुनाव गर्ने प्रस्ताव अघि सारेको दाबी गरेका छन् ।

पहिलो संघीय चुनाव गरेर प्रदेशको चुनाव गर्ने प्रचण्डको प्रस्ताव छ । उनले संघीय र प्रदेशको चुनाव सकिएपछि स्थानीय तहको चुनाव गर्ने प्रस्ताव समेत अघि सारेका हुन् । गठबन्धनको बैठकमा समेत चुनावका बारेमा छलफल भएको उनको भनाई छ ।

सत्तारुढ गठबन्धनले बनाएको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बिहिबार बस्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *