काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीको माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डाक्टर केसीसँगको छलफलमा प्रधानमन्त्री देउवाले सात बुँदे माग तत्काल सम्बोधन गर्ने ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।
शिक्षा र स्वास्थ्य सम्बन्धी, बीपी प्रतिष्ठान सम्बन्धी, चोलेन्द्रशमशेर राणा प्रकरण र निर्मला कुर्मीको न्यायका लागी आन्दोलनरत अधिकारकर्मीको माग लगायतका सात बुँदा रहेका छन् ।




