काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लागेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले पुस ११ र १२ गते काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको हो । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट हुने सहभागी संख्या १ हजार ४ सय ८३ जनाको टुङ्गो लगाएको जानकारी दिए ।
बैठकले थप १४८ जना प्रतिनिधि मनोनयन गर्ने अधिकार र जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको महराले जानकारी दिए । माओवादी केन्द्रको स्थायी कमिटि बैठक शनिबार फेरी बस्नेछ ।




