मुख्य समाचार

कांग्रेस महाधिवेशन : १३ पदका लागि ३९ जना प्रतिस्पर्धामा

काठमाडों । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत १३ पदका लागि ३९ जनाले मनोनयन दर्ता गरेका छन् ।

पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि निर्वाचन समितिले समय निर्धारण गरेको थियो ।

समितिका अनुसार १३ पदाधिकारीका लागि ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

दुईजना उपसभापतिका ७ जना, दुई महामन्त्रीका लागि ६ जना, ८ सह–महामन्त्रीका लागि १९ जनाले मनोयन दर्ता गराएका छन् । यस्तै खुला केन्द्रीय सदस्यका लागि १०९ सहित कूल ५ सय ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *