मुख्य समाचार

कांग्रेस महाधिवेशन : पौडेल पक्षको बैठक शनिबार पनि बस्ने

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आफ्नो समुहबाट साझा र एकल उम्मेदवारी चयन गर्ने विषयमा शनिबार फेरी छलफल हुने भएको छ ।

शुक्रबार राती बसेको बैठकले कुनै सहमति जुटाउन नसकेपछि शनिबार बिहान बैठक बस्ने भएको हो । सभापतिका लागि डाक्टर शेखर कोइराला र प्रकाशमान सिंहले आफ्नो अडान नछाडेपछि शनिबार छलफल गरेको समुहका तर्फबाट आधिकारिक उम्मेदवार घोषणा गर्ने तयारी भएको छ ।

शनिबार बिहान बस्ने बैठकले संस्थापनइतर समुहबाट एकल उम्मेदवार बनाउन सके घोषणा गर्ने अन्यथा दुईजनामध्ये आधिकारिक उम्मेदवार घोषणा गर्ने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *